१६ असार २०८३, मंगलबार

पुत्र वियोगमा रहेका प्रचण्डलाई कमल थापाले भने, ‘माफी माग्नुहोस्’

पुत्र वियोगमा रहेका प्रचण्डलाई कमल थापाले भने, ‘माफी माग्नुहोस्’

काठमाडौं, ८ मंसिर– एकमात्र पुत्र प्रकाश दाहाल गुमाएको पीडामा रहेका नेकपा माओवादी केन्द्रकाअध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा उर्जामन्त्री कमल थापाले माफी माग्न भनेका छन् । 

पुत्र गुमाएर पीडामा रहेका प्रचण्डले जनयुद्धका क्रममा कोख रित्तिएका र सिंदुर पुछिएकाप्रति क्षमायायचना गर्नुपर्ने थापाको भनाइ छ । शुक्रवार विहानै सामाजिक सञ्जाल ट्वीटरमा स्टाटस लेख्दै कमल थापाले भनेका छन्, ‘पुत्र÷पुत्री शोकको पिडा कति असह्य हुन्छ शब्दमा बर्णन गर्न सकिन्न।प्रकाशको निधनले प्रचण्ड परिवारमा पर्नगएको क्षतिमा सबैको सहानुभूति रहेको छ।विह्वलको यस घडिमा अन्यथा अर्थ नलाग्ने हो भने जनयुद्धको क्रममा कोख रित्तिएका र सिंदुर पुछिएकाप्रति प्रचण्डको क्षमायाचना शायद सान्दर्भिक हुने थियो ।’

— Kamal Thapa (@KTnepal) November 24, 2017

salt training

कमेन्ट गर्नुहोस्