![अमेरिकाबाट निकालिएका नेपाली लिएर आएको जहाज काठमाडौंमा [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/america_3_vTOXWY7Rt3.jpg)
अमेरिकामा अवैधरूपमा बसेका १० नेपालीलाई लिएर अमेरिकी चार्टर जहाज काठमाडौं आइपुगेको छ। अमेरिकाको अध्यागमन कानुन उल्लंघन गर्ने नेपालीलाई लिएर अमेरिकी चार्टर जहाज आज बिहान काठमाडौंमा आइपुगेको हो ।

जीआरपी-२३ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ ।
निष्कासित भएकामध्ये गैरकानुनी तरिकाले अमेरिका बस्दै आएका केहीलाई त्यहाँको अध्यागमन मामिला हेर्ने अदालतले निष्कासन गर्ने फैसला सुनाएको थियो । केही भने गैरकानुनी रूपमा काम गरिरहेका बेला पक्राउ गरेका थिए।

अमेरिकामा डोनाल्ड ट्रम्पले राष्ट्रपतिको शपथ लिएसँगै गैरकानुनी रूपमा बसिरहेका आप्रवासीहरूप्रति उनी आक्रामक बनेका छन् । त्यस्ता आप्रवासीहरूलाई ट्रम्प प्रशासनले धमाधम अमेरिकाबाट निष्कासन गरिरहेको छ ।



