०१ साउन २०८३, शुक्रबार

बैतडीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

फागुन २१, २०८१
काठमाडौं
बैतडीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

बैतडीको दोगडाकेदार गाउँपालिका-८ चौरथली कालागाउँमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।

सोही ठाउँका ५१ वर्षीय पाल विष्टलाई भरुवा बन्दुक १ थान, गोली ७ राउण्ड, घोरलको छाला २ थान र रतुवाको छाला १ थानसहित मंगलबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अस्थायी प्रहरी पोष्ट तल्लादेहीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हातहतियार तथा वन्यजन्तुको छाला फेला पारी पक्राउ गरेको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्