१३ असार २०८३, शनिबार

पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष लागुऔषध मुद्दामा दोषी ठहर, फागुन २९ मा सजाय निर्धारण

फागुन २१, २०८१
काठमाडौं
पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष लागुऔषध मुद्दामा दोषी ठहर, फागुन २९ मा सजाय निर्धारण

नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता (दीपक) लागुऔषध कारोबार मुद्दामा दोषी ठहर भएका छन् । 

नवलपरासी जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले बुधबार अध्यक्ष गुप्तासहित दुई जनालाई कसूरदार ठहर गरेको हो । 

अदालतका सूचना अधिकृत भेषराज खनालका अनुसार गुप्ता कसूरदार ठहरिएपनि सजाय निर्धारणका लागि फागुन २९ गते पेसी तोकिएको छ। अदालतले गुप्तासँगै उक्त गाउँपालिकाका नगर प्रहरी रघुनाथ प्रसाद धोबीलाई समेत दोषी ठहर गरेको छ । 

उनी २०७९ असोज २६ देखि पुर्पक्षका लागि थुनामा छन् । एउटै मुद्दाका अभियुक्त रामा गुप्ता (रामा साह) र जितेन्द्र पासवानलाई भने अदालतले सफाइ दिइएको खनालले जानकारी दिए । 

जिल्ला सरकारी वकिल कार्यालय नवलपरासीले गुप्तासहित पाँच जनाविरुद्ध लागुऔषध ओसारपसार एवं बिक्रीवितरण मुद्दामा २ देखि १० वर्षसम्म कैद र १ लाखदेखि २० लाख रूपैयाँसम्म जरिवानाको मागदाबी लिएको थियो । गाउँपालिका अध्यक्ष गुप्ता नेकपा माओवादी केन्द्रबाट निर्वाचित हुन् ।

कमेन्ट गर्नुहोस्