०८ असार २०८३, सोमबार

अवैध लागुऔषधसहित काठमाडौंमा दुई जना पक्राउ

फागुन २१, २०८१
काठमाडौं
अवैध लागुऔषधसहित काठमाडौंमा दुई जना पक्राउ

प्रहरीले अवैध लागुऔषधसहित काठमाडौंका विभिन्न स्थानबाट दुई जनालाई पक्राउ गरेको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको चेकिङ एरियाबाट अवैध लागुऔषध कोकिनजस्तो देखिने पदार्थ करिब ३ ग्राम २९ मिलिग्रामसहित सुनसरी घर भएका २५ वर्षीय मनिश राई बुधबार दिउँसो पक्राउ परेका छन् । 

नेपाल एयरलाइन्सको उडानद्वारा हङकङबाट काठमाडौं आएका उनलाई भन्सार कार्यालयको चेकिङ एरियामा जाँच गर्ने क्रममा हातमा लुकाइछिपाई लैजान लागेको अवस्थामा उक्त पदार्थ फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि लागुऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।

यसैगरी, नागार्जुन नगरपालिका-३ डेरा गरी बस्ने सिन्धुलीको गोलन्जोर गाउँपालिका-५ घर भएका २६ वर्षीय अर्जुन श्रेष्ठ नियन्त्रित लागुऔषध डाइजेपाम ५४० एम्पुल, फेनारगन ५२० एम्पुल, बुप्रेनोर्फिन ५ सय एम्पुल र मोबाइल १ थानसहित मंगलबार साँझ पक्राउ परेका हुन् । 

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागुऔषध फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्