
सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले डा विकास देवकोटालाई सचिव नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।
स्वास्थ्य सचिव सिफारिस समितिले डा. देवकोटासहित डा.संगीता कौशल मिश्र र डा. टंक बाराकोटीको नाम सिफारिस गरेको थियो । जसमा देवकोटा सचिव बन्न सफल भएका छन् ।