![६ जिल्लामा नयाँ सीडीओ [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/Home_Ministry_5_eH55kmk6wp.jpg)
सरकारले ६ वटा जिल्लामा नयाँ सीडीओ खटाएको छ ।
गृहमन्त्रालयमा थन्किएकामध्ये ५ सहसचिवको पदस्थापन तथा २ सीडीओको सरुवा गरिएको हो ।
संखुवासभाका सीडीओ विनोदकुमार खड्का रौतहट सरुवा हुँदा नुवाकोटका सीडीओ रामकृष्ण अधिकारीलाई गृह मन्त्रालय ल्याइएको छ ।
सहसचिवहरू धर्मराज जोशी बाँके, दिव्यराज पोखरेल संखुवासभा, नरहरि घिमिरे खोटाङ, विजयराज सुवेदी ओखलढुंगा र शशिधर घिमिरे नुवाकोटको सीडीओ बनेका छन् ।
हेर्नुहोस्, सूची :
पढ्नुहोस्, यो पनि :
गृहमा सहसचिवको ताँती– काम नभएपछि बरन्डामा बित्छ दिन, गफिन अरूको कार्यकक्षमा