
दाङमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् ।
तुलसीपुर उपमहानगरपालिका-९ रामनगर बस्ने कमल विक (बगालेको) घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-५ बस्ने २९ वर्षीय अमर रेउलेसमेत ११ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १६ हजार ८ सय रूपैयाँ र ७ बुक ताससहित पक्राउ गरेको जनाएको छ ।