२२ असार २०८३, सोमबार

गोदामबाटै करोडको कपाल चोरियो

फागुन २२, २०८१
काठमाडौं
गोदामबाटै करोडको कपाल चोरियो

भारतको बैंग्लोरबाट करिब ८३० किलो मानव कपाल चोरी भएको छ । 

लक्ष्मीपुरा क्रसको व्यावसायिक भवनको गोदामबाट एउटा गिरोहले १ करोड भारतीय रुपैयाँ बराबरको कपाल चोरी गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

टाइम्स अफ इन्डियाका अनुसार कपाल व्यवसायी वेंकटस्वामीले गोदाममा २७ झोलामा करिब ८३० किलो कपाल राखेका थिए । जुन फेब्रुअरी २८ को मध्यराति चोरी भएको हो ।

विश्व बजारमा भारतीय कपालको ठूलो माग छ । अन्य देशको तुलनामा भारतमा कपाल सस्तो छ। 

salt training

कमेन्ट गर्नुहोस्