३२ असार २०८३, बिहीबार

स्वास्थ्य मन्त्री पौडेललाई बर्खास्त गर्न प्रधानमन्त्री ओलीसँग अमरेशकुमार सिंहको माग

फागुन २२, २०८१
काठमाडौं
स्वास्थ्य मन्त्री पौडेललाई बर्खास्त गर्न प्रधानमन्त्री ओलीसँग अमरेशकुमार सिंहको माग

स्वास्थ्य मन्त्रालयको सचिव बढुवामा मधेशी महिलालाई विभेद गरेको भन्दै स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले स्वास्थ्यमन्त्री प्रदीप पौडेलको राजीनामा मागेका छन् । 

पौडेललाई बर्खास्त गर्न उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरे । 

बिहीबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा सांसद सिंहले स्वास्थ्य मन्त्रालयको सचिव बढुवामा मधेशी महिलालाई विभेद गरेको भन्दै स्वास्थ्य मन्त्रीको राजीनामा मागेका हुन् ।

‘स्वास्थ्य सचिवमा संगीता मिश्रलाई बढुवा नगरेर सरकारले संविधान च्यात्ने काम गर्‍यो । महिला र मधेशीको आस्थाको प्रतीक संगीता मिश्रको गल्ती के थियो ?’ अमरेशले भने, ‘यो प्रकरणमा स्वास्थ्य मन्त्रीको राजीनामा आओस्, नभए प्रधानमन्त्रीले बर्खास्त गरून् ।’

बुधवारको मन्त्रिपरिषद् बैठकले वरिष्ठतामा अगाडि रहेकी डा. मिश्रलाई छाडेर विकास देवकोटालाई बढुवा गरेको थियो । स्वास्थ्य सचिवको बढुवाप्रति मधेशी समुदायले विरोध जनाएका छन् । 

सांसद सिंहले विगतमा कांग्रेस–एमालेले प्रजातन्त्र दरबारमा बुझाएको आरोप लगाउँदै उनीहरूकै कारण गणतन्त्र खतरामा परेको टिप्पणी गरे । 

salt training

कमेन्ट गर्नुहोस्