
नेकपा एमाले मोरङको नयाँ नेतृत्वका लागि बुधबार भएको मतदानको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ ।
मतपरिणाममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको साथ रहेको समूह बलियो देखिएको छ । पदाधिकारीको सबै पदमा यही समूहका उम्मेदवारले अग्रता लिइरहेका छन् ।
यो समूहबाट अध्यक्षको उम्मेदवार बनेका अजम्बर राईले ९८ मत ल्याउँदा अध्यक्ष केपी शर्मा ओली समूहका उम्मेदवार राजकुमार ओझाले ८४ मत ल्याएका छन् ।
यस्तै, उपाध्यक्षमा राई पक्षका सागर थापाले ९८ मत ल्याउँदा ओझा समूहका शान्तिकुमारी लिम्बूले ७७, सचिवमा राई समूहका सोमराज थापाले ९६ मत ल्याउँदा ओझा समूहका रविन थापाले ७८ मत पाएका छन् ।
उपसचिव पदमा राई समूहकै सन्तोष वान्तवाले १०५, उषा झाले ९३ तथा ओझा समूहका इर्जलाल राजवंशीले ६८ मत ल्याउँदा शिल्पा निराला कार्कीले ८२ मत पाएका छन् ।
दिउँसो सवा ३ बजेदेखि मतगणना जारी छ । अधिवेशनमा ८८८ मत खसेको थियो ।