०८ असार २०८३, सोमबार

पाङ्ग्रा बिना आएको बुद्ध एयरको विमान काठमाडौँमा सकुशल अवतरण

फागुन २२, २०८१
काठमाडौं
पाङ्ग्रा बिना आएको बुद्ध एयरको विमान काठमाडौँमा सकुशल अवतरण

 जनकपुरबाट आएको बुद्ध एयरको एउटा विमान पाङ्ग्रा बिना नै काठमाडौँमा सकुशल अवतरण गरेको छ । 

आज अपराह्न जनकपुरबाट काठमाडौँका लागि आएको उक्त विमानको अगाडिका दुईमध्ये एक पाङ्ग्रा बिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुसल अवतरण गरेको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए । 

उनले भने, “एक पाङ्ग्रा नहुँदा पनि जहाज सकुसल अवतरण भएको छ । यो खासै ठूलो समस्या भने होइन तर पाङ्ग्रा हराएकोबारे जाँचबुझ भइरहेको छ ।”

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले भने जनकपुरबाट काठमाडौँ उडान नं ५०६, जहाज नाइन एन–ए एनएच विमान काठमाडौँमा सुरक्षित अवतरण गरेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्