२१ असार २०८३, आइतबार

एमाले मोरङ अधिवेशन : भण्डारी समूहको अग्रता कायमै, ओली समूह पछ्याउँदै

फागुन २३, २०८१
विराटनगर
एमाले मोरङ अधिवेशन : भण्डारी समूहको अग्रता कायमै, ओली समूह पछ्याउँदै

नेकपा (एमाले) मोरङको नेतृत्वका लागि पूर्वराष्ट्रपति विद्या भण्डारी निकट प्यानलले अग्रता कायम गरेको छ । शुक्रबार बिहानसम्मको मतपरिणामअनुसार पूर्वराष्ट्रपति भण्डारीको साथ रहेको समूहले मतान्तरसमेत बढाउँदै लगेको हो ।

समूहबाट अध्यक्षको उम्मेदवार बनेका अजम्बर राईले ४३९ मत गन्दा २२५  मत ल्याएका छन् भने अध्यक्ष केपी शर्मा ओली समूहका उम्मेदवार राजकुमार ओझाले २०२ मत ल्याएका छन् । राई र ओझाको मतान्तर भने २३ रहेको छ ।

नयाँ नेतृत्वका लागि बुधबार मतदान भएको थियो थियो ।

यस्तै, उपाध्यक्षमा राई पक्षका सागर थापाले २२८मत ल्याउँदा ओझा समूहका शान्तिकुमारी लिम्बूले १८२ सचिवमा राई समूहका सोमराज थापाले २३०मत ल्याउँदा ओझा समूहका रविन थापाले १८० मत पाएका छन् ।

उपसचिव पदमा राई समूहकै सन्तोष वान्तवाले २३९, उषा झाले २०७ तथा ओझा समूहका इर्जलाल राजवंशीले १६३ मत ल्याउँदा शिल्पा निराला कार्कीले २०४ मत पाएकी छिन् । ४३९ मत गणना भएको छ ।

हिजो दिउँसो सवा ३ बजेदेखि मतगणना जारी छ । अधिवेशनमा ८८८ मत खसेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्