२६ असार २०८३, शुक्रबार

पूर्वराजालाई प्रचण्डको चुनौती- इतिहासको चर्खा फर्कँदैन, सत्तामा आउने भए चुनाव जितेर आउनू

फागुन २४, २०८१
रौतहट
पूर्वराजालाई प्रचण्डको चुनौती- इतिहासको चर्खा फर्कँदैन, सत्तामा आउने भए चुनाव जितेर आउनू

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्रलाई पार्टी खोलेर चुनाव लड्न चुनौती दिएका छन् ।

आज बिहान रौतहट गरूडाका उद्योगी तथा व्यापारीसँगको भेटघाटका क्रममा सञ्चारकर्मीहरूले राखेका  जिज्ञासाको उत्तर दिँदै अध्यक्ष प्रचण्डले राजतन्त्र पुनःस्थापना हुने कुरा असम्भव रहेको बताए । 

'इतिहासको चर्खा कहिले पनि फर्कँदैन, यदि उहाँलाई सत्तामा आउने इच्छा भए पार्टी खोलेर, चुनाव जितेर आउन संविधानले छुट दिएको छ,' उनले भने । 

अर्को प्रशंगमा अध्यक्ष प्रचण्डले गरूडामा रहेको श्रीराम सुगर मिल सञ्चालनको लागि सक्दो पहल गर्ने बताए । मिलसँग रोजगारी, आर्थिक विकास समेत जोडिएको हुँदा श्रीराम सुगर मिल सञ्चालनको लागि पार्टीको तर्फबाट सक्दो सहजीकरण गर्ने उनको भनाइ थियो । 

अध्यक्ष दाहालसहितको टोली माओवादी केन्द्रको  जनतासँग माओवादी तराई–मधेस जागरण अभिायनअन्तर्गत शुक्रबार साँझ रौतहट आइपुगेका हुन् । 

शनिबार दिउँसो परोहा नगरपालिकाको लौकाहामा आमसभामा सम्बोधन गर्ने कार्यक्रम छ ।

salt training

कमेन्ट गर्नुहोस्