१० साउन २०८३, आइतबार

ट्रम्पले भने– रुसभन्दा युक्रेनसँग सम्झौता गर्न अझै गाह्रो

फागुन २४, २०८१
काठमाडौं
ट्रम्पले भने– रुसभन्दा युक्रेनसँग सम्झौता गर्न अझै गाह्रो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनसँग शान्ति सम्झौताका सम्बन्धमा रुससँग भन्दा युक्रेनसँग सम्झौता गर्न ‘अझै गाह्रो’ भएको बताएका छन् ।

यसअघि ट्रम्पले रुसमाथि नयाँ प्रतिबन्ध र कर लगाउने विषयमा गम्भीरतापूर्वक विचार गरिरहेको बताएका थिए । 

ट्रुथ सोसलमा ट्रम्पले लेखेका छन्, ‘रसियाले युक्रेनमा युद्ध क्षेत्रमा भयंकर आक्रमण गरिरहेको छ । यस तथ्यको आधारमा युद्धविराम र अन्तिम शान्ति सम्झौता नभएसम्म म रुसमाथि ठूलो मात्रामा बैंकिङ प्रतिबन्ध, नाकाबन्दी र ट्यारिफहरू लगाउन गम्भीर रूपमा विचार गरिरहेको छु।'

गत हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच ह्वाइट हाउसको ओभल अफिसमा भएको भेटवार्ता चर्को बहसमा परिणत भएको थियो।

salt training

कमेन्ट गर्नुहोस्