२२ असार २०८३, सोमबार

लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउनुपर्छ- देव गुरुङ

फागुन २४, २०८१
सिरहा
लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउनुपर्छ- देव गुरुङ

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देव गुरुङले लोकतान्त्रिक व्यवस्थाप्रति जनतालाई आशावादी बनाउनु सबै राजनीतिक दलको कर्तव्य भएको बताएका छन् ।

साथै, यो व्यवस्थालाई अझ सुदृढ बनाउनु पनि उनीहरूको दायित्व रहेको गुरुङले बताए । 

लहानमा शनिबार भएको पत्रकार भेटघाटमा उनले जनतालाई लोकतान्त्रिक व्यवस्थाप्रति आशावादी बनाउन नसक्दा केही राजावादीले जनबलमा स्थापित वर्तमान व्यवस्थाप्रति वितृष्णा पैदा गर्ने दुष्प्रयास गरेका टिप्पणी गरे । 

‘नेपाली जनताले लामो संघर्ष र बलिदानबाट लोकतान्त्रिक व्यवस्था स्थापित गरेका हुन्’, उनले भने, ‘सुशासन, सामाजिक न्याय र समृद्धिमार्फत् जनतालाई यो व्यवस्थाप्रति आशावादी बनाएर यसलाई अझ मजबुत बनाउनुपर्छ ।’

महासचिव गुरुङले हुलाकी मार्ग केन्द्रित ‘जनतासँग माओवादी तराई–मधेश जनजागरण अभियान’बाट मधेशका जनतामा जागरण आएको उल्लेख गरे । 

salt training

कमेन्ट गर्नुहोस्