१३ असार २०८३, शनिबार

शनिबार विभिन्न स्थानमा चार जना मृत भेटिए

फागुन २४, २०८१
काठमाडौं
शनिबार विभिन्न स्थानमा चार जना मृत भेटिए

शनिबार देशका विभिन्न स्थानमा चार जना व्यक्ति मृत भेटिएका छन् । 

प्रहरीका अनुसार काठमाडौंको गोकर्णेश्‍वर नगरपालिका-७ स्थित बागमती खोलाको बीच भागमा अन्दाजी ४५ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छिन् । उनको पहिचान खुलेको छैन ।

यसैगरी, सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-१ डाँडागाउँ बस्ने ७२ वर्षीय मानबहादुर पहरी आफ्नै घरको आँगनमा शनिबार मृत अवस्थामा फेला परेका छन् । 

सल्यानको शारदा नगरपालिका-१५ स्यानिज्यूला बस्ने १८ वर्षीय चन्द्र शिखर खड्का सोही ठाउँस्थित शारदा नदीको किनारमा शनिबार मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ । 

यस्तै,    जाजरकोटको शिवालय गाउँपालिका-१ छेडास्थित छेडाचौर थलह-सडक खण्डको छेउमा छेडागाड नगरपालिका-१२ उम्रा बस्ने २३ वर्षीय राजु सिंह शनिबार मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ । यी सबै घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्