२५ असार २०८३, बिहीबार

सिरियामा दुई दिनको झडप र प्रतिशोधपूर्ण हत्यामा एक हजार बढीको मृत्यु

फागुन २५, २०८१
काठमाडौं
सिरियामा दुई दिनको झडप र प्रतिशोधपूर्ण हत्यामा एक हजार बढीको मृत्यु

सिरियाली सुरक्षा बल र पदच्यूत राष्ट्रपति बशर अल–असदका समर्थकहरूबीच भएको दुई दिनको झडप र त्यसपछिको प्रतिशोधात्मक विरोधमा मृत्यु सङ्ख्या एक हजारभन्दा बढी पुगेको छ । 

यो सिरियाको १४ वर्षअघि शुरू भएको द्वन्द्वपछिको सबैभन्दा घातक हिंसाको घटना हो ।

बेलायतस्थित सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार सात सय ४५ सर्वसाधारण मारिएका छन् । तीमध्ये एक सय २५ जना सरकारी सुरक्षा बलका सदस्य र एक सय ४८ जना असदसँग सम्बन्धित सशस्त्र समूहका लडाकुहरू छन् । लाटाकिया शहर वरपरका ठूलो क्षेत्रमा बिजुली र खानेपानी काटिएको अब्जर्भेटरीले बताएको छ ।

असदलाई सत्ताबाट हटाएपछि विद्रोहीहरूले सत्ता लिएको तीन महिनापछि बिहीबार भड्किएको झडपले दमास्कसमा नयाँ सरकारलाई ठूलो चुनौती दिएको छ ।

सरकारले असदका बलहरूको अवशेषबाट भएको आक्रमणको जवाफ दिइरहेको र व्यापक हिंसाका लागि ‘व्यक्तिगत कार्यहरू’ लाई दोष दिएको बताएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्