०७ साउन २०८३, बिहीबार

पर्याप्त वर्षा नहुँदा काठमाडौं उपत्यकाको आकाश खुलेन, वायु प्रदूषण बढ्यो

फागुन २५, २०८१
काठमाडौं
पर्याप्त वर्षा नहुँदा काठमाडौं उपत्यकाको आकाश खुलेन, वायु प्रदूषण बढ्यो

पर्याप्त वर्षा नहुँदा काठमाडौं उपत्यकाको आकाशमा डम्म बादल लगेको छ भने वायु प्रदूषण पनि बढेको छ । 

मौसम पूर्वानुमान माहाशाखाले स्थानीय वायुको प्रभाव र पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण वर्षा हुन नसकेको जनाएको छ। 

‘मुलुकको केही भागमा हिमपात र हल्का मात्र वर्षा भएको छ । तर, प्रदूषण हट्ने गरी वर्षा भएको छैन’, मौसमविद् विनु महर्जनले भनिन्, ‘अझै तीन दिन यस्तै हुने देखिन्छ ।’

‘एयर क्वालिटि इन्डेक्स’का अनुसार आज आइतबार काठमाडौं विश्वको पाचौँ प्रदूषित शहरका रूपमा सुचीकृत भएको छ । आइतबार यहाँको वायु प्रदूषण एक सय ६३ एक्युआई पुगेको छ ।

विश्वको सबैभन्दा बढी प्रदूषित शहरको रूपमा भियतनामको राजधानी हनोई शहर सुचीकृत भएको छ भने दोस्रोमा चीनको बेइजिङ परेको छ । तेस्रो प्रदूषित शहर बङ्गलादेशको ढाका तथा चौथो स्थानमा भारतको नयाँदिल्ली रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्