१० साउन २०८३, आइतबार

माओवादीको सचिवालय बैठक सोमबारलाई सर्‍यो

फागुन २५, २०८१
काठमाडौं
माओवादीको सचिवालय बैठक सोमबारलाई सर्‍यो

नेकपा (माओवादी) केन्द्रको सचिवालय बैठक भोलि सोमबारका लागि सरेको छ । यसअघि आइतबारका लागि बैठक तय भएको थियो ।

वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहितका केही नेता काठमाडौं नआइपुगेकोले सचिवालय बैठक सोमबारका लागि सारिएको माओवादी केन्द्रले जनाएको छ।  

बैठकमा सोमबार बिहान बस्नेबारे अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै जानकारी दिएका छन् ।

नेपाली जनप्रगतिशील मञ्च जापानको दोस्रो साधारण सभालाई आइतबार भर्चुअल रूपमा सम्बोधन गर्दै प्रचण्डले सचिवालय बैठक बस्नेबारे जानकारी गराएका हुन्।  

माओवादीले जारी तराई-मधेश जागरण अभियान केही दिनका लागि स्थगित गरेर नेताहरू काठमाडौं केन्द्रित भएका छन् । 

काठमाडौंको राजनीतिक गतिविधिका कारण केही दिनपछि मात्र अभियानलाई निरन्तरता दिने योजना रहेको प्रचण्डले बताए । सोमबारको सचिवालय बैठकमा अभियानसहित अन्य महत्त्वपूर्ण विषयमा छलफल गरिने प्रचण्डले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्