३० असार २०८३, मंगलबार

श्रमिकको उचित प्रतिनिधित्व सुनिश्चित गर्न माग

फागुन २५, २०८१
काठमाडौं
श्रमिकको उचित प्रतिनिधित्व सुनिश्चित गर्न माग

नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले पार्टीभित्र श्रमिकको उचित प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको छ ।

भक्तपुरको बोडेमा यही फागुन २१ र २२ गते सम्पन्न राष्ट्रिय परिषद्को भेलाको निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा नेपाल ट्रेड युनियन कांग्रेसको चितवनमा सम्पन्न पाँचौँ महाधिवेशनमा नेपाल ट्रेड युनियन कांग्रेस र पार्टीबीच भएको सातबुँदे सम्झौताअनुसार कांग्रेसको वैधानिक संरचनामा श्रमिकको प्रतिनिधित्व सुनिश्चित गर्ने सम्झौता भएकाले सोही सम्झौतालाई कार्यान्वयन गर्न माग गरेको हो । 
 भेलाले बैङ्क तथा वित्तीय संस्था, सार्वजनिक सेवा क्षेत्र लागू हुने अन्य प्रतिष्ठान एवम् श्रम क्षेत्र र पर्यटन तथा होटल क्षेत्रलगायत सम्पूर्ण श्रम क्षेत्रमा पूर्ण रुपमा श्रम ऐनको कार्यान्वयनका लागि कानूनी व्यवस्था गर्न माग गरेको थियो ।

संविधानमा श्रमिकका लागि छुट्टै ‘क्लष्टर’ बनाउने व्यवस्थाका लागि राजनीतिक दल, सरकार र सरोकारवालासँग पहलकदमी लिने भेलाले निर्णय गरेको युनियनका अध्यक्ष योगेन्द्रकुमार कुँवरले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्