
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सोमबार बस्दैछ ।
बिहान ८ बजेपछि बस्ने बैठकमा नेताहरूको जिम्मेवारी, तराई–मधेश जागरण अभियानको अहिलेसम्मको समीक्षा, आगामी चैत ५ गतेका लागि तय भएको स्ववियु निर्वाचनको तयारबारे छलफल हुनेछ ।
यस्तै राजावादीको सक्रियताका विषयमा पनि छलफल हुने नेताहरुको भनाइ छ ।
फागुन १२ गते झापाको कचनकवलबाट तराई–मधेश जागरण अभियान सुरु गरेको माओवादी राजावादीहरूको गतिविधि बढेपछि अभियान स्थगित गरेर काठमाडौं केन्द्रित भएको छ ।