०९ असार २०८३, मंगलबार

१५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ३० वर्षीय युवक पक्राउ

फागुन २६, २०८१
काठमाडौं
१५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ३० वर्षीय युवक पक्राउ

बैतडीमा १५ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा ३० वर्षीय युवक पक्राउ परेका छन् । 

शिवनाथ गाउँपालिका-१ कुस्मौतघाट बस्ने ३० वर्षीय चक्रसिंह साउदलाई आइतबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

साउदले ती बालिकालाई ललाई फकाई सोही गाउँपालिका-१ सालको ईजरस्थित जंगलमा लगेर जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कुस्मौतघाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यसैगरी बैतडीमै १६ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा मेलौली नगरपालिका-१ बस्ने २५ वर्षीय मनोजसिंह नायकलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

नायकले ती बालिकालाई ललाई फकाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी बयलचौरबाट खटिएको प्रहरीले उनलाई पाटन नगरपालिका-१ गडालेकबाट पक्राउ गरेको हो । 

दुवै घटनाका विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्