२१ असार २०८३, आइतबार

सेयर बजारमा निरन्तर गिरावट, दोहोरो अंकले घट्दा ८ अर्बको कारोबार

फागुन २६, २०८१
काठमाडौं
सेयर बजारमा निरन्तर गिरावट, दोहोरो अंकले घट्दा ८ अर्बको कारोबार

लगातार दोस्रो दिन पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले घटेको छ । 

साताको पहिलो कारोबारका दिन आइतबार दोहोरो अंकले घटेको नेप्से परिसूचक सोमबार पनि २०.६८ अंकले घटेर २७५१.४२ को विन्दुमा कायम भएको हो । 

यसदिन बजारमा १ करोड ५० लाख ९४ हजार ९१५ कित्ता सेयरको खरिदबिक्री हुँदा ८ अर्ब ३७ करोड ८० लाख ५५ हजार रूपैयाँको कारोबार भएको छ । 

अघिल्लो दिन आइतबार मात्रै परिसूचक ४६.३३ अंकले घटेर २७७२.१० को विन्दुमा बन्द भएको थियो । 

सोमबार उपकार लघुवित्त वित्तीय संस्था र सिक्लेस हाइड्रोपावरका लगानीकर्ताहरूले सर्वाधिक घाटा बेहोरेका छन् । 

कारोबारका आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी ७३ करोड ५० लाख ९० हजार रूपैयाँको कारोबारसहित शीर्ष स्थानमा रहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्