११ साउन २०८३, सोमबार

वडाध्यक्षको तयारी गर्न रिमाललाई शाहीको सुझाव

फागुन २७, २०८१
काठमाडौं
वडाध्यक्षको तयारी गर्न रिमाललाई शाहीको सुझाव

राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले एमाले उपमहासचिव तथा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललाई वडाध्यक्षको तयारी गर्न सुझाव दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनताले प्रत्यक्ष नचुनेका र दम भए जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीका लागि तयार गराउन पनि शाहीले रिमाललाई चुनौती दिएका छन् ।

‘आदरणीय भनौं भने कसरी भनौं तपाईंका शब्द सुन्दा आदरणीय भन्ने शब्द नै बेकार भएछ प्रधानमन्त्रीको प्रमुख सल्लाहकारले लोकतन्त्रको स्याल हुयाँ दिन बन्द गर्नुहोस । अर्को जुन लोकतन्त्रको कुरा गरिराख्नुभएको छ के प्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई प्रत्यक्ष जनताले चुनेका हुन् ? के महामहिम राष्ट्रपति प्रत्यक्ष जनताले चुनेका हुन् ?,' उनले लेखेका छन्, 'लोकतन्त्र त तपाईँहरूजस्ता अलोकतान्त्रिक व्यक्तिहरूलाई लुटी खाने भाँडो भयो, लुटतन्त्र मच्चाउने धन्दा भयो । यदि दम र हिम्मत छ भने प्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई प्रत्यक्ष जनताबाट निर्वाचित कार्यकारी प्रधानमन्त्रीका लागि तयार गराउनुस् र र तपाईं वडाध्यक्षको तयारी गर्नुस् ।'

पूर्वराजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्ने क्रममा भारतीय मुख्यमन्त्री योगी आदित्यनाथको फोटो भीडमा प्रयोग भएपछि यी दुई नेताबीच सामाजिक सञ्जालमा आरोप-प्रत्यारोप चलिरहेको छ।

salt training

कमेन्ट गर्नुहोस्