०८ साउन २०८३, शुक्रबार

दिल्ली क्यापिटल्सको कप्तानी अक्षर पटेलले गर्ने

चैत १, २०८१
काठमाडौं
दिल्ली क्यापिटल्सको कप्तानी अक्षर पटेलले गर्ने

इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गतको फ्रान्चाइजी टीम दिल्ली क्यापिटल्सको कप्तानी अक्षर पटेलले गर्ने भएका छन् । दिल्ली क्यापिटल्सले शुक्रबार उनलाई टीमको क्याप्टेन घोषणा गरेको हो । 

टीमको कप्तानी सुम्पिएपछि पटेलले खुसी व्यक्त गरेका छन् । 'मलाई सबैले समर्थन गरेका छन् । मलाई यो देख्दा राम्रो लाग्छ,' उनले भने, 'मैले पाएको भूमिकालाई लिएर म उत्साहित छु ।'

यसैबीच दिल्ली क्यापिटल्सका अध्यक्ष किरण कुमार गान्धीले पनि पटेललाई कप्तान नियुक्त गर्न पाउँदा खुसी लागेको बताए । 'हामी अक्षर पटेललाई दिल्ली क्यापिटल्सको कप्तान नियुक्त गर्न पाउँदा धेरै खुसी छौं, उनले भनेका छन्, 'उनी २०१९ देखि क्यापिटल्स परिवारको एक हिस्सा हुन्। दुई सिजन टोलीको उपकप्तान भइसकेका छन् । अब उनले टोलीको नेतृत्व गर्नेछन् । यो नयाँ भूमिकाका लागि म उहाँलाई शुभकामना दिन्छु।'

अक्षरलाई कोचिङ स्टाफ र अनुभवी नेतृत्वबाट पूर्ण सहयोग प्राप्त हुने उनले विश्वास व्यक्त गरेका छन् ।

पटेल सन् २०१९ मा यो टिमको हिस्सा बनेका थिए । उनले दिल्ली क्यापिटल्सबाट ८२ खेल खेलेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्