१० साउन २०८३, आइतबार

माधव नेपालको पार्टीले ओलीलाई ज्ञापनपत्र बुझाउने

चैत १, २०८१
काठमाडौं
माधव नेपालको पार्टीले ओलीलाई ज्ञापनपत्र बुझाउने

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस)ले भ्रष्टाचारको अन्त्य, सुशासन र जनजीवीकाको विषयलाई लिएर सरकारलाई ज्ञापनपत्र बुझाउने भएको छ । 

आर्थिक सामाजिक रूपान्तणमार्फत्  देशको अवस्था परिवर्तन गर्न भन्दै नेकपा एसले सरकारलाई ज्ञापनपत्र बुझाउने लगायत आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । 

पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी महासचिव घनश्याम भुसालले आन्दोलनका कार्यक्रम घोषणा गरे । जसअनुसार चैत २ (भोलि शनिबार) देखि ६ गतेसम्म मुलुकको विकास र राजनीतिक निकासबारे पार्टीका मातहत कमिटीसँग छलफल गर्ने कार्यक्रम छ । 

चैत ७ देखि १५ गतेसम्म विभिन्न संगठनसँग छलफल गर्ने, चैत २२ गते प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरिएको भुसालले बताए । 

‘हामी सरकारलाई गएर भन्छौं- मुलुकको अवस्था, निकासका लागि हाम्रा दाबी हुन् भनेर’, भुसालले भने, ‘लामो आन्दोलनको कसम खाएर राष्ट्रको एजेण्डा स्थापित गर्ने अभियान शुरू गरेका छौं ।’

आन्दोलनका कार्यक्रम अन्तर्गत वैशाख ५ गते देशैभरी ज्ञापनपत्र बुझाउने, वैशाख १५ गते सार्वजनिक संवाद गर्ने र वैशाख १९ र २० मा वडापालिकासम्म ज्ञापनपत्र बुझाउने लगायत छन् ।

आफूहरूले सञ्चालन गर्ने अभियानले जनताका कुरा बुझेर देशको निकासका लागि एजेण्डा स्थापित हुने भुसालले दाबी गरे । 

salt training

कमेन्ट गर्नुहोस्