०७ साउन २०८३, बिहीबार

महिला टी-२० क्रिकेट : हङकङमाथि नेपालको ६ विकेटको जीत

चैत १, २०८१
काठमाडौं
महिला टी-२० क्रिकेट : हङकङमाथि नेपालको ६ विकेटको जीत

युगान्डामा जारी महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले हङकङलाई पराजित गरेको छ । नेपालले ६ विकेटको जीत निकालेको हो ।

जीतका लागि १०५ रनको लक्ष्य पछ्याएको नेपालले ४ विकेटको क्षतिमा ३ बल बाँकी छँदै लक्ष्य पूरा गर्‍यो । 
     
युगान्डाको इन्टेबे क्रिकेट मैदानमा जारी खेलमा ‘टस’ जितेर पहिला ‘ब्याटिङ’ गरेको हङकङले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १०४ रन बनाएको थियो ।

नेपालका लागि सम्झना खड्काले ४७ रन बनाइन् । उनले ४३ बल खेल्ने क्रममा तीन चौका हानिन् । यस्तै, पूजा महतोले अविजित २० तथा कप्तान इन्दु बर्माले १८ रन बनाइन् । 

यसअघि हङकङका लागि १०४ रन बनाउने क्रममा शान्जिन शहजदले सर्वाधिक ५४ रन बनाइन् । उनले ४७ बलमा पाँच चौका र एक छक्का प्रहार गरिन् । त्यसैगरी, करी चानले १६ तथा यास्मिन दासवानीले १४ रन जोडिन् ।

बलिङतर्फ नेपालकी राजमती ऐरीले तीन, कप्तान इन्दु बर्माले दुई तथा पूजा महतो र ईश्वरी विष्टले एक/एक विकेट लिइन् । 
 

null

कमेन्ट गर्नुहोस्