३२ असार २०८३, बिहीबार

गैरकानूनी रूपमा अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा एक जना पक्राउ

चैत १, २०८१
काठमाडौं
गैरकानूनी रूपमा अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा एक जना पक्राउ

गैरकानूनी रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाइपास सञ्चालन गरेको आरोपमा पर्साको वीरगञ्ज महानगरपालिका-२० घर भई सोही महानगरपालिका-३० लालपर्सा बस्ने १९ वर्षीय धिरज पटेललाई प्रहरीले पक्राउ गरेको छ । 

नेपाल सरकारको कुनै पनि निकायबाट अनुमति नलिई गैरकानूनी रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाइपास सञ्चालन भइरहेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले नेपाल टेलिकम र एनसेल प्रालिको प्राविधिक सहयोगमा वीरगञ्ज महानगरपालिका-१६ र ३० स्थित घरबाट अवैध कल बाइपसमा प्रयोग भएको उपकरणसहित उनलाई पक्राउ गरेको हो । 

प्रहरीले उनको साथबाट VOIP GATEWAY ३२ पोर्टको २ थान, १८ पोर्टको १ थान, सिम कार्ड १४  थान, राउटर ४ थान, ल्यापट २ थान, ब्याट्री २ थान, इन्भर्टर २ थान, कनेक्टर १ थान, मोबाइल १ थान र पेनड्राइभ १ थान समेत बरामद गरेको छ । 

उनीउपर दूरसञ्चार ऐन, २०५३ अन्तर्गतको कसुरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्