
काठमाडौंको कलंकीमा एक युवामाथि खुकुरी प्रहार भएको छ ।
बिहीबार साँझ करिब ६ बजेतिर काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित सीता पेट्रोल पम्पनजिकै युवाहरूबीच विवाद हुँदा खुकुरी प्रहार भएको हो ।
त्यसक्रममा मोरङको कटारी गाउँपालिका-४ घर भई हाल कालिमाटी बस्ने वर्ष ३० वर्षीय सुवास राईमाथि खुकुरी प्रहार भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
खुकुरी प्रहार गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले नुवाकोटको दुईपीपल देउराली-३ घर भई हाल काठमाडौं बाफल बस्ने २० वर्षी सुशील तामाङलाई पक्राउ गरेको छ ।
उनको साथबाट एक थान खुकुरी समेत बरामद भएको जिल्ला प्रहरी परिसरका प्रवक्ता, एसपी अपिल राज बोहराले जानकारी दिए ।
पक्राउ परेका तामाङमाथि काठमाडौं जिल्ला अदालतबाट दिन ५ (पाँच)को म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको एसपी बोहराले बताए ।