०३ असार २०८३, बुधबार

उदयपुरमा १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

चैत २, २०८१
उदयपुर
उदयपुरमा १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

उदयपुरमा १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । 

रौतामाई गाउँपालिका-६ निगाले बस्ने २७ वर्षीय निलम भन्ने तिलकबहादुर अधिकारी र ३८ वर्षीय दीपक राउतलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूले ती किशोरीलाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट संगमचोकबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

घटनाका विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्