२१ असार २०८३, आइतबार

एनआरएनए उच्चस्तरीय समितिको प्रमुख निर्वाचन आयुक्तमा घिमिरे

चैत २, २०८१
काठमाडौं
एनआरएनए उच्चस्तरीय समितिको प्रमुख निर्वाचन आयुक्तमा घिमिरे

सर्वोच्च अदालतको परमादेश अनुसार एनआरएनए एकता महाधिवेशन गराउन गठित उच्चस्तरीय समितिले तीन सदस्यीय निर्वाचन आयोग गठन गरेको छ। 

समितिका संयोजक शेष घलेले शनिबार केही सञ्चारकर्मीहरुसँगको अन्तर्क्रियामा वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेको प्रमुख निर्वाचन आयुक्त रहेको समिति गठन गरिएको जानकारी दिए । समितिको सदस्यमा सेवानिवृत्त मेजर डमर घले र अधिवक्ता आशिष उप्रेती निर्वाचन आयुक्त छन् । 

नेपालको कानूनी क्षेत्रमा लामो अनुभव हासिल गरेका वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरे डेमोक्र्याटिक लयर्स एसोसियशनका पूर्व अध्यक्ष हुन् भने ब्रिटिश सेनाको ब्रिगेड अफ गोर्खाजका  अवकाश प्राप्त मेजर डमर घले  एनआरएनए युकेका पूर्व अध्यक्ष हुन् ।  त्यस्तै अधिवक्ता आशिष उप्रेती  युवा  कानून व्यवसायी हुन् । 

लामो समयदेखि विवादमा अल्झिएको गैर आवासीय नेपाली संघलाई एकताबद्ध गरी महाधिवेशन गराउन सर्वोच्च अदालतको परमादेश अनुरुप परराष्ट्र मन्त्रालयसंग समन्वय गरी आउँदो मे ३-५, २०२५ मा काठमाडौँमा एकताको महाधिवेशन गर्न लागिएको  घलेले बताए । 

उनले संस्थाको  लोकतान्त्रिकरण तथा सम्पूर्ण सदस्यहरुलाई अधिकार सम्पन्न गर्ने गरी  निस्पक्ष र पारदर्शीरुपमा निर्वाचन सम्पन्न गराउन यो निर्वाचन समितिलाई सहयोग गर्न पनि सबैलाई अनुरोध गरे । 

salt training

कमेन्ट गर्नुहोस्