३१ असार २०८३, बुधबार

बाग्मती किनारको शङ्खमूल क्षेत्रबाट नकुहिने दुई मेट्रिक टन फोहर व्यवस्थापन

चैत २, २०८१
काठमाडौं
बाग्मती किनारको शङ्खमूल क्षेत्रबाट नकुहिने दुई मेट्रिक टन फोहर व्यवस्थापन

‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ शङ्खमूलस्थित बाग्मती नदी किनारमा भएको सफाइबाट नकुहिने दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । 
 
वाग्मती सफाइ महाअभियानको ६१८औँ हप्तामा आज शङ्खमूल दोभानस्थित बाग्मतीको सेतो पुल क्षेत्रमा सफाइ गरिएको थियो । सफाइमा अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका पदाधिकारी एवं कर्मचारी, स्थानीयवासी, आलोकनगर बाग्मती सफाइ समूहको सक्रियता रहेको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए । 

विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको बाग्मती सफाइ महाअभियानअन्तर्गत प्रत्येक हप्ताको शनिबार सफाइ गर्ने गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्