२८ असार २०८३, आइतबार

सुदूरपश्चिम र कर्णालीका केही ठाउँमा बिहानैदेखि हल्का वर्षा, कस्तो रहला दिनभरको मौसम ?

चैत ३, २०८१
काठमाडौं
सुदूरपश्चिम र कर्णालीका केही ठाउँमा बिहानैदेखि हल्का वर्षा, कस्तो रहला दिनभरको मौसम ?

हाल कर्णाली प्रदेशका थोरै स्थान तथा सुदूरपश्चिमका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा भैरहेको छ । आज दिउँसो सुदूरपश्चिम र कर्णालीका पहाडी भू–भागका थोरै स्थान तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । 

सुदूरपश्चिम र कर्णालीका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । 

साथै अपराह्नको समयमा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ । 

आज राति देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।  साथै कोशी प्रदेश र मधेश प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका साथै स्थानीय वायुकोसमेत प्रभाव रहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्