०८ असार २०८३, सोमबार

'विदेशमा बस्ने हरेक नेपाली नेपालको अनौपचारिक राजदूत'

चैत ३, २०८१
काठमाडौं
'विदेशमा बस्ने हरेक नेपाली नेपालको अनौपचारिक राजदूत'

 संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले विदेशमा बस्ने हरेक नेपालीले नेपालको अनौपचारिक राजदूतको भूमिका निर्वाह गरिरहेको बताएका छन् । 

थाइल्याण्डमा शनिबार आयोजित एनआरएनएको दोस्रो अन्तर्राष्ट्रिय युवा तथा पिएनओज् सम्मेलनलाई सम्मेलन गर्दै उनले विदेशमा बस्ने हरेक नेपाली नेपालको अनौपचारिक राजदूत भएको बताएका हुन् । 

विदेशमा बस्ने नेपालीको यस्तो महत्वपूर्ण भूमिका रहेकाले संघमा  एकता र सहमतिको वातावरण निर्माण गर्न अपरिहार्य रहेको उनले बताए। उनले भने,  'लोकतन्त्रलाई अगाडी बढाउने गतिमा देश बाहिर भित्र जे भएपनि त्यो प्रतिस्पर्धाभित्र एकता, सहमति, परिवर्तन र सुधार र अग्रगमनको यात्राको गतिमा कमी आउन दिनुहुन्न । यही भावना तपाई एनआरएनभित्र पनि हुनु जरुरी छ । अहिले जे जस्तो अवस्था छ त्यसबाट छुट्कारा पाउन पनि प्रतिस्पर्धालाई होइन एकता र सहमतिलाई प्राथमितामा राख्नु जरुरी छ ।'

एनआरएनले नेपालको सन्देशबहाक भएर नेपाललाई विश्वभरि चिनाउनतर्फ ध्यान दिनुपर्ने, संस्कृतिको आदानप्रदानलाई अघि बढाउन पुलको काम गर्दै त्यसलाई निरन्तरता दिनुपर्ने उनले बताए । 

यसैगरी थाइल्याण्डका लागि नेपालका राजदूत धनबहादुर ओलीले एनआरएनए अभियानले विश्वभरका नेपालीलाई एकबद्ध रहेकोले सामान्य विवादमा अल्झेर संस्थालाई संकटमा पार्नु नहुने  बताए । 

यसैगरी गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीले एनआरएनए अभियानलाई राजनीतिक मुद्दा नबनाउन आग्रह गरे ।  उनले संघ एउटा संस्था मात्रै नभई विदेशमा रहेका ८० लाख नेपालीको साझा चौतारी एवं विश्वभरका नेपालीलाई एकबद्ध गर्ने पवित्र अभियान भएको जिकिर गरे ।   

केसीले मे महिनामा महाधिवेशन गर्ने भन्दै तयारी गरिरहेका शेष घले नेतृत्वको समितिले प्राविधिक रुपमा पनि मे महिनामा महाधिवेशन गर्न नमिल्ने जिकिर गरे ।  ९० वटै एनसीसीको कार्यतालिका प्रभावित हुने भएकोले अक्टोबरमै महाधिवेशनका लागि हातेमालो गर्न आग्रह गरे । 
 
यसैगरी उपाध्यक्ष डा हेमराज शर्माले सामाजिक सञ्जालमा छरपष्ट रुपमा फैलाइएको नकारात्मकता जस्तो अवस्था एनआरएनएभित्र नरहेको दाबी गरे । 

यसैगरी उपाध्यक्ष तथा कार्यक्रम निर्देशक रामशरण सिम्खडाले  सरकारले  संविधानमै भएको प्रावधानलाई पनि किस्ताबन्दीमा दिइरहेको बताए । पछिल्लो समय दोस्रो विश्वयुद्धपछि थाइल्याण्ड, म्यानमार, फिजी लगायत देशमा पुगेका नेपालीहरुका सन्ततीलाई आफूहरुलाई नेपाली भनि पहिचान दिलाइनुपर्ने उनले बताए । 

सरकारले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन र पीएनओजको मुद्दालाई सकेसम्म चाँडो टुँग्याउनुपर्नेमा उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्