२४ असार २०८३, बुधबार
संसद् बैठक

पूर्वविशिष्टलाई आजीवन सुविधा दिने चर्चा : सत्तारूढ दलकै सांसदले गरे विरोध

चैत ३, २०८१
काठमाडौं
पूर्वविशिष्टलाई आजीवन सुविधा दिने चर्चा : सत्तारूढ दलकै सांसदले गरे विरोध

पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सेवा सुविधा दिनेगरी सरकारले कानून बनाउन लागेको प्रति सत्तारूढ दलकै सांसदले विरोध जनाएका छन् । 

आइतवार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा कांग्रेस सांसद रामकृष्ण यादवले सडकमा प्रतिगामीहरू सल्बलाएको समयमा पूर्वविशिष्ट पदाधिकारीलाई सुवा सुविधा दिने कुरा आपत्तिजनक भएको बताएका हुन् ।

यादवले सरकारले त्यस्तो कानून बनाउने तयारी गरेकोबारे संसद्मा जवाफ दिनुपर्ने उनले बताए । ‘पूर्वविशिष्टलाई आजीवन सुविधा दिन सरकारले कानून बनाउन लागेको भनेर मिडियामा कुरा आइरहेको छ,’ यादवले भने, ‘जनता उपचार नपाएर ज्यान गुमाउने, गणतन्त्रलाई असफल बनाउन प्रतिगामीहरूले नाराबाजी गरिरहेको समयमा पूर्वविष्टिलाइ सुविधा दिने कुरा स्वीकार्य छैन ।’

विपक्षी दलका सांसदले पनि पूर्वविष्टिलाई आजिवन सुविधा दिने कुरा अविवेकी भएको आरोप लगाए । आकस्मिक समयमै नेकपा (माओवादी केन्द्र)का देवेन्द्र पौडेलले देश ग्रे लिस्टमा परेको समयमा पूर्वविष्टिलाई सेवा सुविधा दिने कुरा आपत्तिजनक रहेको बताए । सरकारको निर्णय विवेकसम्मत नभएको उनको भनाइ थियो ।  

पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री लगायतलाई आजीवन सुविधा दिनेगरी कानून बनाउन मन्त्रिपरिषद्ले गृहलाई स्वीकृति दिएको समाचार बाहिर आएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्