
काठमाडौंको शान्तिनगरमा एक युवकको शव भेटिएको छ ।
काठमाडौं महानगरपालिका-३१ शान्तिनगरस्थित चौरमा कोटेश्वर बस्ने रामेछाप लिखु गाउँपालिका-६ नागी घर भएका २८ वर्षीय सोनाम लामा आइतबार मृत अवस्थामा फेला परेका हुन् ।
यसैगरी, कैलालीको लम्कीचुहा नगरपालिका-१० चुहास्थित चिनी मिल नजिकै रहेको नालामा सोही ठाउँ बस्ने २९ वर्षीय अजय सुर्णकार पनि आइतबार मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।