०२ असार २०८३, मंगलबार

सिजनमा महिनामै २० लाखको कारोबार, फूल बेचेरै मासिक दुई लाख बचाउँछिन् सरिश्मा

चैत ४, २०८१
तनहुँ
सिजनमा महिनामै २० लाखको कारोबार, फूल बेचेरै मासिक दुई लाख बचाउँछिन् सरिश्मा

तनहुँको आँबुखैरेनी गाउँपालिका–३ की २५ वर्षीया सरिश्मा गुरुङले विसं २०७७ मा तीन हजार पाँच सय लगानी गरेर फूलको व्यापार शुरू गरेकी थिइन् । 

फूलको व्यापार विस्तार गर्दै गुरुङले सभा–सेमिनार, पास्नी, विवाहलगायत उत्सवको सजावट गर्दै आएकी छन् । हाल मासिक दुई लाख आम्दानी लिने गरेको गुरुङले बताइन् ।

गुरुङका अनुसार राम्रो कार्यक्रम भएमा सिजनमा महिनामै २० लाखसम्मको कारोबार हुन्छ । अन्य समयमा मासिक आठ–नौ लाखसम्म कारोबार हुने गरेको उनले बताइन् । खर्च कटाएर मासिक करिब दुई लाख बचत हुने उनको भनाइ छ । 

'पोखरा र काठमाडौंमा काम भइरहेको छ । ग्राहकलाई थप सहजता दिन काठमाडौंमा नयाँ शाखा खोल्ने तयारी गरेका छौँ,' गुरुङले भनिन् । अब फूल व्यवसायलाई अझ व्यवस्थित बनाउन नर्सरी स्थापना गर्ने तयारी गरेको उनले जानकारी दिइन् । 'व्यवसाय विस्तारका लागि जग्गा खोजी भइरहेको छ, फूल तथा बिरुवा उत्पादन र बिक्री अझ प्रभावकारी बनाउनेछौं, उनले भनिन् । रासस

salt training

कमेन्ट गर्नुहोस्