२१ जेठ २०८३, बिहीबार

घाँस काट्न गएका वृद्धको रुखबाट खसेर मृत्यु

चैत ४, २०८१
म्याग्दी
घाँस काट्न गएका वृद्धको रुखबाट खसेर मृत्यु

म्याग्दीको धवलागिरि गाउँपालिका–७, ताकममा घाँस काट्न गएका एक वृद्धको रुखबाट खसेर ज्यान गएको छ । 

स्थानीय ६० वर्षीय थमन खत्रीको घरबाट करिब एक किलोमिटरको दुरीमा रहेको जङ्गलमा खनियाको रुखबाट खसेर ज्यान गएको प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए । वृद्धको घटनास्थलमै मृत्यु भएको हो । 

उनकाअनुसार स्थानीयले खबर गरेपछि आइतबार साँझ ताकम प्रहरी चौकीबाट खटिएको टोली घटनास्थल पुगेको थियो । 

प्रारम्भिक अनुसन्धानमा घाँस काट्ने क्रममा रुखबाट खसेको देखिए पनि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्