
मन्त्रिपरिषद् बैठक शुरू भएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ ।
दिउँसो ४ बजे बस्नेगरी बोलाइएको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको व्यस्तताका कारण केही ढिलागरी शुरू भएको हो ।
आजको बैठकले नेपाल प्रहरीको प्रमुख (आईजीपी) नियुक्त गर्नेछ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर आजै सोमबार राति १२ बजेदेखि अनिवार्य अवकाशमा जाँदैछन् ।
एआईजीहरू दीपक थापा, टेकबहादुर तामाङ र सुदीप गिरीमध्ये एक जना आईजी नियुक्त हुनेछन् । वरिष्ठताका आधारमा थापा पहिलो नम्बरमा छन् ।