
नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङले कलरफुल एक्सचेन्ज योजना ल्याएको छ । यही बुधबारसम्म आयोजना हुने कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडी नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त इभी गाडीसँग साट्न सकिने छ ।
यो एक्सचेन्ज क्याम्प मार्च १९ तारिकसम्म टाटा मोटर्सको देशैभरी रहेका शोरुममा आयोजना भइरहेको कम्पनीले जनाएको छ । एक्सचेन्जमा सहभागी भएर ग्राहकले इन्ट्री लेबलमा नेपालको सर्वाधिक रुचाइएको टियागो इभी, कम बजेटमा एसयूभीको आनन्द दिने पन्च इभी, अझै धेरै यात्रा गर्नेका लागि नेक्सन के३ इभी र प्रिमियम एसयूभी कुपे कर्भ इभिमा आकर्षक डिलहरू पाउन सक्नेछन् ।
कलरफुल एक्सचेन्ज कार्यक्रममा गाडी किन्ने ग्राहकहरूले आकर्षक एक्सचेन्ज बोनस, सिप्रदीको चार्जिङ्ग नेटवर्कमा लाइफ टाइम निःशुल्क चार्जिङ्ग, १ वर्षको सवारी कर, एक्सेसरिज र हरेक बुकिङ्गमा आकर्षक गिफ्ट प्राप्त गर्ने कम्पनीले जनाएको छ ।