२१ जेठ २०८३, बिहीबार

भ्रष्टाचार मुद्दामा विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

चैत ५, २०८१
काठमाडौं
भ्रष्टाचार मुद्दामा विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । 

आयोगले प्रतिवादी बनाएका कमोद तिवारी, शम्भु साह रौनियार, शिवप्रकाश साह तेली, रिन्ता कुमारी, शेख साजिद एकबाल र शेष सफि अहमदविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम कारबाही हुनुपर्ने माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो ।

विशेष अदालतले २०८१ साल असार १६ गते गरेको फैसलामा आंशिक सफाइ दिएको थियो । उक्त फैसलामा चित्त नबुझेर सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए । 

आयोगका अनुसार पर्सा जिल्लाको भूमिसुधार तथा मालपोत कार्यालयका प्रमुख कमोद तिवारीले युवा स्पोर्ट्स क्लबको नाममा रहेको जग्गा शेष सफि अहमदको नाममा नामसारी गर्ने निर्णय गरेका थिए । 

सो क्रममा वीरगञ्ज महानगरपालिकाको वडा नं. ३१ बाट सिफारिस लिएको भनिए पनि उक्त सिफारिस नदेखिएको आयोगले जनाएको छ । 

साथै, क्लबको नाममा रहेको जग्गाको अभिलेख मिसिल खरिदार रिन्ता कुमारीले अन्य प्रतिवादीलाई बुझाइ हराउन भूमिका खेलेको भन्दै आयोगले सबैलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरेको छ । 

 

salt training

कमेन्ट गर्नुहोस्