२६ जेठ २०८३, मंगलबार
दिल्लीमा परराष्ट्रमन्त्री

भारतीय विदेशमन्त्री जयशंकरसँग दिल्लीमा परराष्ट्रमन्त्री देउवाको भेटवार्ता

चैत ५, २०८१
काठमाडौं
भारतीय विदेशमन्त्री जयशंकरसँग दिल्लीमा परराष्ट्रमन्त्री देउवाको भेटवार्ता

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच द्विपक्षीय भेटवार्ता भएको छ । 

भारतीय विदेश मन्त्रालयद्वारा नयाँ दिल्लीमा आयोजित राइसिना डायलग कार्यक्रममा सहभागिताका लागि नयाँ दिल्लीमा रहेकी मन्त्री डा. देउवा र भारतीय विदेशमन्त्री डा. जयशंकरबीच मंगलबार भेटवार्ता भएको हो ।

उक्त भेटका क्रममा उनीहरूबीच नेपाल-भारत ऐतिहासिक द्विपक्षीय सम्बन्ध, दुई देशबीचका साझा चासो र आपसी हितका साथै पारस्परिक लाभका विभिन्न विषयमा कुराकानी भएको छ । 

भेटमा मन्त्री डा. देउवाले नेपालले भारतसँगको सम्बन्धलाई उच्च महत्त्व दिँदै आएको र आगामी दिनमा पनि दुवै देशको साझा हितका लागि भारतसँग सहकार्य गर्न नेपाल सदैव इच्छुक रहेको बताएकी थिइन् ।  

नेपाल र भारतबीचका पछिल्लो समयमा जारी रहेका द्विपक्षीय भेटवार्ता, भ्रमणको आदानप्रदान तथा आपसी सहकार्यका साथै दुई देशबीचको ट्रेड ट्रान्जिट तथा जलस्रोत विकासका क्षेत्रमा भएका प्रगतिका बारेमा पनि सो भेटका क्रममा कुराकानी भएको थियो ।

यसअघि पुस पहिलो साता भारत पुगेका बेला परराष्ट्रमन्त्री देउवाले समकक्षी जयशंकरलाई भेट्ने प्रयास गरेपनि भेट हुन सकेको थिएन । 

salt training

कमेन्ट गर्नुहोस्