२४ जेठ २०८३, आइतबार

तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले पठायो बजेट

चैत ५, २०८१
काठमाडौं
तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले पठायो बजेट

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तनहुँका ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि बजेट पठाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आवश्यकता परेका तथा बजेट माग प्रक्रियामा रहेका तनहुँका स्वास्थ्य संस्थाका लागि समेत बजेट निकासामा प्राथमिकता दिन भनेपछि मन्त्रालयले बजेट पठाएको हो ।

यसरी बजेट प्राप्त गर्नेमा भीमाद नगरपालिका-१ तथा ऋषिङ गाउँपालिकाका-५ र ८ वडाका आधारभूत स्वास्थ्य केन्द्र छन् ।

यसैगरी, शुक्लागण्डकी-१० मा रहेको आधारभूत स्वास्थ्य केन्द्रका लागि पालिकामा बजेट गएको छ । यी सबै वडामा ३८ लाख ८६ हजार बजेट गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

भीमाद-३ तथा आँबुखैरेनी-५ मा समेत आधारभूत स्वास्थ्य केन्द्रका लागि ३७ लाख बजेट पालिकामा गएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

मन्त्रालयले तनहुँका विभिन्न स्वास्थ्य केन्द्र तथा अस्पतालका लागि समेत माग तथा उपलब्धताका आधारमा प्राथमिकतासाथ उपकरण उपलब्ध गराउँदै आएको जनाइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्