०८ असार २०८३, सोमबार

म्याग्दीमा ट्याक्टर दुर्घटना : १ जनाको मृत्यु, ४ घाइते

चैत ७, २०८१
म्याग्दी
म्याग्दीमा ट्याक्टर दुर्घटना : १ जनाको मृत्यु, ४ घाइते

म्याग्दीको धवलागिरि गाउँपालिका– २ लुलाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

देउरालीदेखि लुलाङतर्फ जाँदै गरेको ग ७१ त ९० नम्बरको ट्याक्टर आज अपरान्ह ​ढोलढार भन्ने ठाउँमा दुर्घटना हुँदा लुलाङका २० वर्षीय पूर्णलाल रसाइलीको घटनास्थलमै मृत्यु भएको हो ।

सो दुर्घटनामा चार जना घाइते भएको घटनास्थलमै रहनुभएका धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले जानकारी दिए ।

तीन घाइतेको लुलाङ स्वास्थ्य चौकीमा उपचार भइरहेको र एक जनालाई एम्बुलेन्समा राखेर थप उपचारका लागि बेनी पठाइएको छ ।

ताकम प्रहरी चौकीको टोली घटनास्थलतर्फ प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्