
काठमाडौंको अमृत साइन्स (अस्कल) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा अनेरास्ववियुको प्यानल नै विजयी भएको छ ।
आइतबार भएको मतदानमा अनेरास्ववियुबाट सभापतिका उम्मेदवार बनेका रुद्रहरि पोखरेलको प्यानलै विजयी भएको हो ।
पोखरेल ३२६ मतान्तरले विजयी भएका हुन् ।
१९४८ मतदातामा १२९१ मत खसेको थियो ।
निर्वाचनमा नेविसंघ र क्रान्तिकारी दुवैले सभापतिका उम्मेदवार पराजित भए । निकटमत प्रतिद्वन्द्वी क्रान्तिकारीका विश्राम पौडेल भए ।
अस्कलमा विद्युतीय मतदान भएको हो ।