
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संविधानको खिलाफमा कुरा उठे पनि तत्काल सडकमा शक्ति प्रदर्शनको आवश्यकता नदेखिएको निष्कर्ष निकालेको छ ।
आइतबार पार्टी मुख्यालय सानेपामा बसेको बैठकले शक्ति प्रदर्शनको प्रतिस्पर्धा गर्न आवश्यक नरहेको निष्कर्ष निकालेको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
‘हामीले शक्ति प्रदर्शनको प्रतिस्पर्धा गर्न आवश्यकता ठानेका छैनौं । जनता संविधानको पक्षमा उभिएका छन् । कुनै पार्टीहरूले प्रदर्शनको निर्णय गर्न सक्छन् । तर कांग्रेसले तत्काल सडकमा उभिएर आफ्नो कुरा राख्नुपर्ने ठान्दैन,’ बैठकपछि प्रवक्ता महतले भने, ‘संविधानलाई दृढताको साथ समर्थन गर्ने र पार्टी पंक्तिलाई सुसूचित गर्ने पक्षमा छौं ।’
यस्ता छन् अन्य निर्णयहरू





