
नेपाली कांग्रेसले नेपालको संविधान र संविधानमा आधारित सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति पूर्ण प्रतिबद्ध रहने दृढता व्यक्त गरेको छ ।
आज बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संविधानको संरक्षण, सम्वर्द्धन र कार्यान्वयनमार्फत मुलुकलाई भ्रष्टाचारमुक्त र सुशासनयुक्त, सामाजिक विकृति र विसङ्गतिबाट मुक्त बनाउँदै जनताको निरन्तर प्रगतिको अपेक्षा र आवश्यकता सम्बोधन गर्न सकिन्छ विश्वास व्यक्त गरेको होे ।
बैठकले यही विश्वास साथ अघि बढ्नु नै अहिलेको मुख्य राष्ट्रिय जिम्मेवारी ठान्दै यसका निम्ति आवश्यक अग्रसरता लिने निर्णय गरेको पार्टीका कार्यवाहक मुख्यसचिव डा प्रदीप पराजुलीले जानकारी दिए । सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा महामन्त्री गगनकुमार थापाले विभिन्न प्रस्तावहरू प्रस्तुत गरेको उनले बताए ।