
काठमाडौं, ५ माघ –सरकारले मदिरा र चुरोट सेवनमा कडाई गर्ने तयारी गरेको छ ।
मानव स्वाथ्यलाई प्रतिकुल असर पार्ने यी वस्तु कारोबारमा कडाई गर्न धेरै पहिलेदेखि तयारी थालिए पनि कार्यान्वयनमा आएको छैन ।
अब भने यी वस्तु विक्री वितरणमा कडाई गर्ने तयारी सरकारले गरेको छ । अब यी वस्तु विक्रीका लागि सरकारले समयावधि नै तोकेको छ । अब यी वस्तु विहान १० बजेदेखि बेलुकी ८ बजेसम्ममात्र विक्री वितरण गर्न पाइनेछ ।
१८ वर्ष उमेर पुगेकाका लागि मात्र यो व्यवस्था लागू गरिनेछ ।
त्यस्तै, मदिरा तथा सूर्तिजन्य वस्तु छुट्टै कक्षबाटमात्र विक्री गर्नुपर्नेछ । सुर्तिजन्य तथा मदिरा कारोबारलाई व्यवस्थापन गर्न यस्तो तयारी गरेको हो ।
यी वस्तु विक्री गर्ने पसले तथा व्यवसायीले निश्चित मापदण्ड पूरा गर्नुपर्नेछ । मापदण्डविपरित कारोबार गर्नेलाई कारवाही गरिने मन्त्रालयले जनाएको छ ।
सरकारले ६ वर्षअघि नै यस्तो व्यवस्था कार्यान्वयनका लागि निर्देशिका बनाएको भए पनि सो हालसम्म पनि लागू भएको छैन ।