२३ जेठ २०८३, शनिबार

पीएन क्याम्पस स्ववियु मतगणना : अखिलले ३०० कटायो, नेविसंघभन्दा स्वतन्त्र अघि

चैत ११, २०८१
पाेखरा
पीएन क्याम्पस स्ववियु मतगणना : अखिलले ३०० कटायो, नेविसंघभन्दा स्वतन्त्र अघि

पोखराको पृथ्वीनारायण क्याम्पस (पीएन क्याम्पस)को स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा अनेरास्ववियुले निरन्तर अग्रता कायम राखेको छ । 

पछिल्लो विवरण अनुसार कांग्रेस निकट नेविसंघका उम्मेदवारलाई स्वतन्त्र उम्मेदवारले उछिनेकी छन् । 

७८६ मत गन्दा पहिलोमा रहेको एमाले निकट अनेरास्ववियुका विष्णु पोखरेलले अध्यक्षमा ३०७ मतसहित अग्रता लिइरहेका छन् । 

उनलाई पछ्याइरहेकी स्वतन्त्र उम्मेदवार विप्लवी न्यौपानेले १४५ मत पुर्‍याउँदा नेविसंघका सुशील न्यौपानेले ११९ मा सीमित छन् । 

अखिल क्रान्तिकारीका नवीन अधिकारीले ६२, संयुक्त प्यानलका सन्तोष पौडेलले ५३ र प्राज्ञिक परिषद्का दिप्सन गुरुङले २०  मत ल्याएका छन् । स्वतन्त्रतर्फका अर्का उम्मेदवार कमल सुवेदीले २९ मत ल्याएका छन् । 

यस्तै, सचिवतर्फ अनेरास्ववियुका विराट दुवाडीले ३८९, नेविसंघका विवेक भट्टराईले १५१ र अखिल क्रान्तिकारीका निराजन थापाले ८० मत पाएका छन् ।

यसैगरी, कोषाध्यक्षमा अखिलकी सन्दिका गुरुङले ३७६, नेविसंघकी अमिषा यादवले १५८ र संयुक्त प्यानलका सचिन पौडेलले ८० मत पाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्